विराटनगर । कोशी प्रदेशसभाको बैठक मंगलबार (आज) बस्दैछ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ ।
आज दिउँसो १ बजेदेखि बैठक सुरु हुने भएको हो । कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउने तयारी गरेको छ ।
यसअघि प्रदेशसभाको बैठक कार्तिक २३ गते बसेर स्थगित भएको थियो ।