विदा भए म्यादी प्रहरी

न्युजलय ८ जेठ २०७९, आइतबार ०१:२३ मा प्रकाशित

काठमाडौं । स्थानीय तहको  निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सफल बनाउने उद्देश्यसहित भर्ना गरिएका म्यादी प्रहरी बिदा भएका छन् ।​ म्यादीको अवधि सम्पन्न भएसँगै उनीहरू बिदा भएका हुन् ।

 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले स्थानीय निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका म्यादी प्रहरीको म्याद पूरा भई उनीहरूलाई शनिबार बिदा गरिएको जानकारी दिए  ।  

 

म्यादी  प्रहरी बिदा भएसँगै मतदान हुन बाँकी र  मतगणना भइरहेको  स्थानमा  स्थायी  नेपाल  प्रहरीलगायतका  सुरक्षाकर्मी  थप गरिएका छन् ।


स्थानीय तहको  निर्वाचनमा खटाउन चालीस दिनका लागि देशभर एक लाख जना म्यादी प्रहरी भर्ना गरिएको  थियो  ।