काठमाडौं । वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ ।
निर्देशक आचार्यको बुधबार चावहिलस्थित ओम अस्पतालमा निधन भएको हो । आचार्यलाई हृदयघातले भएको बताइएको छ ।
एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिएको छ ।
आचार्य २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’ बाट निर्देशन होमिएका थिए । त्यसपछि ‘प्रीतिको फूल’ लगायत केही फिल्म निर्देशन गरेका आचार्यको ‘स्मृति’ नामक टेलिसिरियल हिट मानिएको छ ।
आचार्यका श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन् ।