भदौ ५ गतेबाट ५ देखि ११ वर्षका बालबालिकालाई खोप दिइँदै

न्युजलय २८ साउन २०७९, शनिवार १२:२१ मा प्रकाशित

काठमाडौँ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोपको पहिलो मात्रा भदौ ५ बाट दिने भएको छ ।


स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने जनाएको छ । दोस्रो चरणमा ५० जिल्लामा फाइजर खोप लगाइनेछ ।

 

पहिलो चरणको खोप असार ९ गतेबाट २७ जिल्लामा दिन थालिएको थियो ।ती जिल्लामा असार ९ देखि १५ सम्म र दोस्रो मात्रा साउन २ गतेदेखि ८ सम्म लगाइएको थियो ।


पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइएको थियो ।


५–११ वर्ष समूहका बालबालिका करिब ३९ लाख छन् ।