राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०५:०८ मा प्रकाशित

काठमाण्डौ ।  जोर्डनले इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरूष खेलाडी खेलाइएको भन्दै  लिंग जाँचको माग गरेको छ ।

इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले एसियाली फुटबल महासंघ (एएफसी) सँग लिंग जाँचको माग गरेको हो ।

उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन् ।

जोर्डनले गोल किपरको लिंग जाँचको माग गरेपछि एसियाली फुटबल महासंघले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेपछि बिभिन्न बहाना खोजिरहेको आरोप लगाएको छ ।