झापामा दुई हजार ७ सय ६४ जना म्यादी प्रहरीका लागि भर्ना खुल्यो

न्युजलय ६ चैत २०७८, आइतबार ०८:३९ मा प्रकाशित

  भद्रपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । 

आइतबार देखि चैत्र ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

झापामा दुई हजार ७ सय ६४ जना म्यादी प्रहरीका लागि भर्ना खुलेको हो । भर्नाका लागि आवेदन दिनेहरूको बिहानैदेखि भिड बढेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

म्यादी प्रहरीमा भर्ना हुन प्रहरी जवान सरह मापदण्ड आवश्यक हुने बताइएको छ चुनावका लागि आवश्यक ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।