काठमाडौं । बझाङको चैनपुर स्थित बाउलीगाड खोलामा डुबेर एक जना युवकको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका–४ घर भएका २० वर्षीय कमल बोहराको डुबेर मृत्यु भएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।
मृतक बोहरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संवोधन सुन्न सोमबार चैनपुर गएका हुन् । नेकपा एमाले बझाङले आयोजना गरेको ‘पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन चैनपुर गएका बोहरा बाउलीगाडमा नुहाउने क्रममा डुबेका थिए । उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ ।