निगमले सोमबारदेखि काठमाडौँ–भैरहवा उडान भर्ने

न्युजलय ३२ बैशाख २०७९, आइतबार ०२:३७ मा प्रकाशित

काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडीले काठमाडौँबाट सोमबारदेखि गौतम बुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलमा पहिलो पटक उडान भर्ने भएको छ । काठमाडौँबाट बिहान ६ बजे र भैरहवाबाट ८ बजे उडान हुनेछ ।


निगमको A320 जहाजले जहाजमा यात्रा गर्ने यात्रुहरूलाई स्वागत गर्नेछ । त्यसैगरी निगमले यात्रुलाई हिस्टोरिकल ब्याजसमेत दिनेछ ।


काठमाडौँ-भैरहवा-काठमाडौँ उडानका लागि निगमको वेभसाइटबाट टिकट खरिद गर्न सकिने निगमले जनाएको छ । निगमकै केन्द्रीय कार्यालयबाट वा नजिकको ट्राभल एजेन्सीबाट पनि टिकट खरिद गर्न सकिन्छ ।