नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५, संक्रमण बढ्न सक्ने आकलन

न्युजलय १९ असार २०७९, आइतबार ०९:४३ मा प्रकाशित

 काठमाण्डौ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ ।

धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।

भारत र अमेरिकामा पछिल्लो समय संक्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ । नेपालमा अहिले बीए ५ कै कारण संक्रमण गराइरहेको भए कोरोना भाइरस फेरि समुदायस्तरमा बढ्न सक्ने बताइएको छ ।

बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।