गाडीहरुलाई टलक्क टल्काउने सेवा इटहरीमा सुरु

न्युजलय १४ माघ २०७८, शुक्रबार ०५:१० मा प्रकाशित

इटहरी । कार्जस्पा कार डिटेलिङको  इटहरीमा दोस्रो शाखा सञ्चालनमा आएको छ ।

कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा काठमाण्डौ पछी इटहरीको धरान लाइन हलगडामा विहीवारबाट संचालनमा आएको हो । 

इटहरीका युवा बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा डिटेलिङको पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन् ।

कार्जस्पाले कारवास, कारको होलबढीलै चम्काउने चेकअप गरी उपचार गर्ने विधि लगायतका कामहरु गर्ने जानकारी दिए । 

कार्जस्पामा कार वा बाइकको सम्पूर्ण पार्ट्सको मर्मत गरिन्छ भने सवारी साधनलाई सुन्दर तथा आकर्षक बनाउने कार्जस्पा उपयोगी हुने इटहरीका सञ्चालक लिम्बुले बताए ।