धरान । कोशी राजमार्ग अन्तर्गतको धरान इटहरी सडकखण्डमा बस र मोटरसाइकल दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ८११९ नम्बरको बस र धरानतर्फ जाँदै गरेको को २६ प ३२१३ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । उक्त दुर्घटनामा बसमा यात्रा गरिरहेकी मोरङ सुन्दरहरैचाकी ५५ बर्षीय ललीमाया कामी गम्भीर घाइते भएको बताइएको छ ।
प्रहरीका अनुसार घाइते महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा मोटरसाइकल चालक र बसमा सवार अन्य ११ जना पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना विश्वकर्मा मन्दिर केही दक्षिणमा भएको हो । सडक निर्माणाधिन अवस्थामा रहेको र खाल्डाखुल्डी भएको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।