५६ अङ्कले बढेको शेयर बजारमा हरियाली

न्युजलय १५ कार्तिक २०७९, मङ्गलबार ०९:२३ मा प्रकाशित

  काठमाण्डौ । शेयर बजार मङ्गलवार(आज ) उच्च अङ्कले बढेको छ । 

आज शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि सुधार भएको छ । 

दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज न्यादी हाइड्रोको शेयर १० प्रतिशतले, युनिभर्सल पावर कम्पनीको नौ प्रतिशत तथा अरू ६ वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढेर हरियो भए पनि एनसीसी डिबेन्चर २०८६ र सिटिजन्स म्युचल फन्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।