पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

न्युजलय ३ बैशाख २०७९, शनिवार ०२:१६ मा प्रकाशित

बुटवल । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका ६ बल्डेङगढीमा शुक्रबार दिउँसो उक्त बस दुर्घटनामा परेको हो।


जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार लु १ च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो।

 

दुर्घटनामा परी गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ।


प्रहरी चौकी बल्डेङगढीका प्रहरी सहायक निरीक्षक शिवकुमार यादवले दुर्घटनामा परेका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जानकारी दिए।