प्रदेश १ च्याम्पियनशिप २०२२ का विजेता कमल तामाङ सम्मानित

न्युजलय १२ चैत २०७८, शनिवार ०९:४१ मा प्रकाशित

इटहरी। प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिताको पुरुष ६० केजीमा प्रदेश १ च्याम्पियनशिप २०२२ का विजेता सुनसरीका कमल तामाङलाई सम्मान गरिएको छ । 

न्युट्रि हब फिट्नेश क्लब, तरहराले आयोजना गरेको कार्यक्रममा सोही क्लबका प्रोपाईटर समेत रहेका सन् २०१९ का एनि टाइम फिटनेस धरानबाट सहभागि भई २० औं मिस्टर धरान बडी बिल्डिङ च्याम्पियनसिप विजेता तथा पुरुष ६५ केजीमा मिस्ट पूर्वाञ्चलका उपविजेता उत्तम खत्रीले फिट्नेस बारे बताएका थिए । 

कार्यक्रममा तामाङले शरीर सुगठन प्रतियोगितामा प्रतियोगीले अनिवार्य देखाउने जम्मा ८ पोजहरू देखाएका थिए । सन् २०२२ का मिस्टर धरान आशिष राईको पनि बजोड शारीरिक प्रस्तुति प्रर्दशन गरेका थिए ।