डिएसपी सवार भ्यान दुर्घटना, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

न्युजलय २८ साउन २०७९, शनिवार ०८:१६ मा प्रकाशित

 काठमाण्डौ ।  रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना भएको छ। 

शनिबार(आज) दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा सोही गाउँपालिका–११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ।

भ्यानमा ६ जना सवारमध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीसहित अन्य तीन जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।