काठमाडौं । आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने भएको छ ।
जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापनका लागि आवश्यक नियमावली र निर्देशिका बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित गरिएको छ ।
यसअघि सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुँदै आएको छ ।