काठमाडौं । पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना संक्रमण देखिएको छ। १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा २९० जनामा संक्रमण देखिएको हो ।
यस्तै, २३२ जना संक्रमण मुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या ५ हजार २४२ पुगेको छ।
संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। कोरोनाका कारण हालसम्म देशभर ११ हजार ५७७ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ८१४ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।