६ लाख घुससहित लेखा अधिकृत पक्राउ

न्युजलय ७ साउन २०८१, सोमबार ०६:०६ मा प्रकाशित

काठमाडौं । चितवनको वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन् ।

औषधी आपूर्तिको बिल भुक्तानीका लागि उनले ६ लाख घुस लिएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइएको टोलीले उनलाई डेढ लाख घुस र चार लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।