प्रदेश १ मा आज थप ११३५ जनामा कोरोना पुष्टि

न्युजलय ८ माघ २०७८, शनिवार ०१:०० मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण दृखिएको छ ।


१ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उदयपुरमा ४, सङ्खुवासभामा ३, इलाम र भोजपुरमा २(२, पाँचथर, तेह्रथुम र खोटाङमा १(१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको हो ।

 

प्रदेश १ मा आज ८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । आक्रमणमुक्त हुनेमा ३६ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा २ पुरुष र एक महिला छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २०४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।