न्यायपरिषदद्वारा २२४ जना जिल्ला न्यायाधीशको सरुवा

न्युजलय ११ साउन २०७९, बुधबार ०३:०८ मा प्रकाशित

काठमाडौं । न्यायपरिषदले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।


मंगलबारको परिषद बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।

 

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूची सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।


त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।