जनकपुरधाम । जनकपुरधाममा घर अगाडिबाटै चार वर्षीया बालिका बेपत्ता भएकी छन् ।
जनकपुरधाममा उपमहानगरपालिका–१६ पुलचौकका ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि मण्डल घरबाटै बेपत्ता भएकी हुन् । सृष्टि आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा बिहीबार साँझदेखि बेपत्ता भएकी हुन् ।
ध्रुवले आफ्नो छोरीलाई कसैले अपहरण गरेर लगेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
बालिकाको खोजी तीव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । हराएकी बालिका सृष्टि स्थानीय आदर्श बोर्डिङ स्कूलमा नर्सरी कक्षमा अध्ययनरत छिन् ।