अफगाानिस्तानले पाकिस्तानलाई पहिलो पटक हरायो, चार स्थान माथि उक्लियो

न्युजलय ७ कार्तिक २०८०, मङ्गलबार ०१:४१ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित हात पारेको छ।


अफगानिस्तानले पहिलो पटक ओडिआई खेलमा पाकिस्तानलाई हराएको हो। यसअघि इंग्ल्यान्डलाई हराएको अफगानिस्तानले पाकिस्तानलाईसमेत हराएको हो ।


जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।


यो अफगानिस्तानले ओडिआईमा पूरा गर्यो सर्वाधिक ठूलो लक्ष्य पनि हो। यसअघि अफगानिस्तानले ओडिआईमा सर्वाधिक ठूलो लक्ष्य २०१४ मा २ सय ७४ रनको लक्ष्य पूरा गरेको थियो ।


पाकिस्तानका हसन अली र शाहिन शाह अफ्रिदीले समान एक एक विकेट लिए।


त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो।


पाकिस्तानका कप्तान बाबर आजमले ९२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।


अफगानिस्तानका नुर अहमदले १० ओभरमा ४९ खर्चेर ३ विकेट लिए । 


जितसँगै अंकतालिकाको पुच्छारमा रहेको अफगानिस्तान एकैपटक छैटौं स्थानमा उक्लिएको छ। उता पाकिस्तान भने चौथोबाट पाँचौं स्थानमा झरेको छ। अफगानिस्तान र पाकिस्तान दुवैको चार अंक छ।