उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु

न्युजलय २८ पुस २०७८, बुधबार ०२:१४ मा प्रकाशित

उर्लाबारी । मोरङको उर्लाबारी ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज (बुधबार) बिहान ट्याक्टरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।


बिहान ५ः३० बजे पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १ ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक उर्लाबारी ७ का २१ वर्षिय निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ । बानियाँ उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।