खोटाङ । खोटाङमा जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँका ३२ वर्षीय प्रकाश हिङमाङ पक्राउ परेका हुन् ।
स्थानीय १६ वर्षीया किशोरीलाई गत पुस २५ गते साँझ जबरजस्ती करणी गरेको आरोपमा बुधबार हिङमाङ पक्राउ परेको प्रहरीले जनाएको छ । पीडितको अभिभावकले माघ ४ गते उजुरी दिएको र खोज तलासका क्रममा घरबाटै हिङमाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि बुधबारै सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।