भगवती हाइड्रोपावरले १४ लाख बढी कित्ता आईपीओ निष्कासन गर्दै

न्युजलय १९ पुस २०७८, सोमबार ०६:५१ मा प्रकाशित

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ।

कम्पनीले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्नेछ। 

जसमा ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ लाख ५८ हजार ९८ कित्ता सर्वसाधारणका लागि जारी गरिनेछ।

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ।