काठमाडौँ जाँदै गरेको माइक्रोबसमाथि रुख ढल्दा ९ यात्रु घाइते

न्युजलय २१ साउन २०८१, सोमबार ०६:२६ मा प्रकाशित

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रोबसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको वाग्मती १–००६च ६२१२ नम्बरको माइक्रोबसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ  । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो । अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।