बलात्कार मुद्दा दर्ता भएपछि उपसचिव साह फरार

न्युजलय ३० बैशाख २०८१, आइतबार ०७:०० मा प्रकाशित

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयमा  कार्यरत उपसचिव रुपेशकुमार साह विरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ ।

मुद्धा दर्ता भएपछि उनी  फरार भएका छन्। उपसचिव रुपेशकुमार साहमाथि एक महिनाअघि नै बलात्कारको मुद्दा दर्ता भएको थियो। 

झण्डै दुई सातादेखि उनी कार्यालय आउजाउ गरेका छैनन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटनामा अनुसन्धान भइरहेको छ। 

ती महिलाले गत माघ १८ गते श्रीमान नभएको बेलामा पहिलो पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन्। 

साथै, नशालु पदार्थ खुवाएर आफूलाई जबरजस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।

सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टीका साह मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌मा करिब ५ वर्षदेखि कार्यरत छन्।