काठमाडौं । तिब्बती रुटबाट सगरमाथा आरोहण गर्न गएका एक अमेरिकी र नेपाली पर्वतारोहीको हिमपहिरोमा परी मृत्यु भएको छ ।
तिब्बती हिमाल शिशापाङ्माको हिमपहिरोमा परी अमेरिकी पर्वतारोही अन्ना गुटु र नेपाली गाइ मिङ्मार शेपाएको मृत्यु भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको हो ।
शनिबार ७ हजार ६ सय र ७ हजार मिटरको उचाइमा आएको दुईवटा हिमपहिरोमा परेर उनीहरूको मृत्यु भएको सिन्ह्वाले उल्लेख गरेको छ । त्यस्तै, अर्की एक अमेरिकी पर्वतारोही जिना मेरी रजुसिडलो र नेपाली गाइड तेन्जेन शेर्पा बेपत्ता भएको समाचारमा उल्लेख छ ।
हिमपातका कारण सबै सो मार्गमा आरोहण ठप्प रहेको छ ।