धनगढी । धनगढीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणले भीमदत्त नगरपालिका–८ तिलाचौर का ७५ बर्षीय बृद्धको मृत्यु भएको हो । पुस २७ गते मोटरसाइकलबाट लडेर घाइते भएका ती बृद्धको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको थियो ।
गत ७ गते पीसीआर परीक्षण गर्दा उनको कोरोना रिर्पोट पोजेटिभ आएपछि अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपचारकै क्रममा अस्थायी कोरोना अस्पतालमा शुक्रवार(आज) बिहान मृत्यु भएको हो ।