धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

न्युजलय ३१ जेठ २०८३, आइतबार ०६:०५ मा प्रकाशित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा एक जनाको मृत्यु भएको छ।

बाँदरबाट बाली जोगाउन राखिने परम्परागत भरुवा बन्दुक पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार थापाले बन्दुकको नाल आगोमा तताएर सफा गर्ने क्रममा अचानक पड्किएपछि थापा गम्भीर घाइते भएका थिए।

उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइए पनि उनको ज्यान बचाउन नसकिएको चिकित्कसले जनाएका छन्।

घटनापछि प्रहरीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।