एमालेको चुनाव केन्द्रित टिकटक कम्पिटिसन’

न्युजलय २२ चैत २०७८, मङ्गलबार ०८:१४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले चुनाव केन्द्रित  टिकटक कम्पिटिसन’को आयोजना गरेको छ । उक्त प्रतिस्पर्धामा सहभागी भएकामध्ये उत्कृष्टले एक लाखसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।

क्रियटिभ र लोकप्रिय गरी दुई विधामा पुरस्कार छुट्याइएको छ । क्रियटिभ भिडियो निर्माण गर्ने तथा अत्याधिक भ्युज भएको भिडियो निर्माताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, द्वितीय र तृतीय हुनेले क्रमश ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् ।

भिडियो नेकपा एमालेले अघि सारेको योजना र विकासमा आधारित हुनुपर्ने बताइएको छ । भिडियोमा ह्यासट्याग भोट फर सन्, सीपीएन यूएमएल, साइबर सर्कल नेपाल, आईएम विथ केपी ओलीको प्रयोग गर्नुपर्ने छ ।


‘