काठमाडौं । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । चागुनारायण नगरपालिका ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने काभ्रेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काभ्रे चौरी देउराली गाउँपालिका ३ को ५० वर्षीय वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका ९ को ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।