बराहक्षेत्रबाट २ सय २१ केजी गाँजा बरामद

न्युजलय ६ चैत २०७८, आइतबार ०६:४८ मा प्रकाशित

सुनसरी । बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट प्रहरीले २ सय २१ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ । 

शनिबार साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा फेला पारेको थियो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।