५० जना कोरोना संक्रमित थपिए

न्युजलय १७ असार २०७९, शुक्रबार ०९:५१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५० जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ८१४ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या २९७ पुगेको छ । आज १ लाख ८७ हजार ८६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।