काठमाण्डौ । बझाङमा एकै घरका तीन जना मृत भेटिएका छन् ।
जिल्लाको बुंगल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । गएराति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका बताइएको छ ।
घटना अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिइएको छ ।