इटहरी । कवि तथा साहित्यकार कविता राईको उपन्यास ‘गुरू’ माथि इटहरीमा चर्चा गरिएको छ । शब्द प्रवाह इटहरीको आयोजनामा शनिबार गरिएको कार्यक्रममा बोल्दै उपन्यासकार कविता राईले शिक्षकमाथि केन्द्रीत रहेर उपन्यास तयार गरेको बताइन् ।
उनले तीन वर्ष लगाएर लेखिएको उपन्यासमा यथार्थ पात्रहरू रहेको बताइन् ।
कार्यक्रममा वक्ताका रूपमा रहेका लेखक तथा विश्लेषक प्रकाश राईले ‘गुरू’ उपन्यासले मार्मिक सन्देश प्रवाह गरेको बताए । वक्ता तथा कवि शुभलक्ष्मी लम्साल, टिका आत्रेयलगायतले बोलेका थिए । कार्यक्रम कवि बद्री भिखारीको अध्यक्षतामा भएको थियो । कार्यक्रम पत्रकार विराट अनुपमले सञ्चालन गरेका थिए ।