जबरजस्ती करणीको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

न्युजलय ४ असोज २०८१, शुक्रबार ०६:०० मा प्रकाशित

तेह्रथुम । ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

लालीगुराँस नगरपालिका–१ बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।