अब विदेश जाने कामदारको कोरोना परीक्षण निशुल्क

न्युजलय १५ फाल्गुण २०७८, आइतबार ०१:०३ मा प्रकाशित

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार यस सम्बन्धमा मन्त्रीस्तरीय निर्णय गरेको हो ।

 

यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको  छ ।