गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न

न्युजलय १६ माघ २०७८, आइतबार ०१:४१ मा प्रकाशित

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ ।


वि.स.२०७१ साल माघमा शिलान्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, सञ्चार उपकरण जडान लगायत सम्पूर्ण काम सकिएको हो ।


‘फिनिसिङका छुटफुट केही सानातिना काम भइरहेका छन्’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले भने । दुई चरण आईसिबी वान र आईसिबी टर्स अन्तर्गत सम्पन्न भएको विमानस्थलमा अहिले आईसिबी अन्तर्गत नेपाली प्राविधिकलाई तालिम र जडान गरिएको उकरणको प्राविधिक जाँच भइरहेको उनको भनाई छ । 


विमानस्थल सञ्चालनअघि जडान गरिएको सञ्चार उपकरणको परिक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । जसबाट जडान गरिएका उपकरणहरु ठिक भए–नभएको रिपोर्ट आउँछ र सोही अनुसार थप प्रक्रिया अघि बढाइनेछ ।