इलाम । इलाममा रहेको नेपालको मात्रै नभइ दक्षिण एसियाकै पुरानो चिया बगान र कारखानालाई विश्व सम्पदा घोषित गर्न माग गरिएको छ । वि.सं. १९२० मा चिया रोपेर बनेको इलाम चिया बगान ऐतिहासिक सम्पदा भएको विज्ञहरुको भनाई छ ।
दक्षिण एसियामै एक मात्र १५८ वर्ष पुरानो रहेको यो चिया बगान नेपाल सरकारको स्वामित्वमा रहेपनि निजी क्षेत्रले सञ्चालन गरिरहेको छ ।
ऐतिहासिक महत्वको यो बगानको संरक्षण गर्नुपर्ने भएकाले आफूलाई दिन इलाम नगरपालिकाले आग्रह गरिरहेको छ ।
२०७४ सालमा स्थानीय निर्वाचनपछि लगत्तै नगर कार्यपालिकाको बैठकले निजीकरण फिर्ता गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो र यसलाई कार्यान्वयन गर्न पटक–पटक माग गर्दै आएको छ ।