जहाज दुर्घटनास्थलबाट क्याप्टेन शाक्यको उद्धार

न्युजलय ९ साउन २०८१, बुधबार ०५:५७ मा प्रकाशित

काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।

उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

थप विवरण आउन बाँकी छ ।