खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

न्युजलय १९ माघ २०७८, बुधबार ०९:११ मा प्रकाशित

खोटाङ । ट्र्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ।

रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो।

भदौरेमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेर ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर मृत्यु भएको हो।

पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्काले किचेका बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक बालक सोही ट्रयाक्टरमा मजदुरी (लोडअनलोड) गर्दै आएका थिए। ट्रयाक्टर चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको अब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ भने घटनाको विषयमा थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।