रामोसले रातो कार्ड पाए, बराबरीमा रोकियो पिएसजी

न्युजलय ८ पुस २०७८, बिहिबार ०२:४७ मा प्रकाशित

काठमाडौ । लोरियन्टसँगको खेलमा पिएसजीका खेलाडी सर्जियो रामोसले रातो कार्ड पाएका छन् । रामोसलाई गुमाएको पिएसजीले माउरो इकार्डीको गोलमा आफूलाई फ्रेन्च लिग वानमा हारबाट जोगाएको छ । 

पिएसजीले लोरियन्टसँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । 

८६ औं मिनेटमा पिएसजी १० खेलाडीमा सीमित भयो । दोस्रोपटक पिएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे । 

खेलको इन्जुरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पिएसजीलाई हारबाट बचाए । 

बराबरीमा रोकिए पनि पिएसजी १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा कायमै छ । उसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाइससँग १९ खेलबाट ३३ अंक छ ।