संखुवासभा । संखुवासभामा १३ वर्षीय बालिका बलात्कार गर्ने युवकलाई अदालतले दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ ।
बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको हो ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडितले राहत कोषमा २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले बताए ।
पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेको थियो ।