काठमाडौँ । शुक्रबार(आज) सुनको भाउ उकालो लागेको छ।
आज प्रतितोला छापावाल सुनको भाउ ४०० रुपैयाँ तेजाबी सुनको भाउ ३५० रुपैयाँले बढेको छ। योसँगै छाापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैै आज पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।