प्रतिनिधिसभामा नेपाली कांग्रेसको अवरोध

न्युजलय २ चैत २०८०, शुक्रबार ०८:०४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् । 

प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।