धनगढी । धनगढी उपमहानगरपालिकामा कुल १९५३ मत गणना हुँदा ४०९ मत बदर भएको छ । यहाँ स्वतन्त्रका उम्मेदवार गोपाल हमालले ९०९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन् ।
एमालेका रणबहादुर चन्द ८३ मतमै खुम्चिएका छन् । त्यस्तै, उपमेयरमा शान्ति अधिकारीले ४५८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवारले ३११ मत ल्याएकी छिन् । एमालेकी कन्दकला रानाले २४० मत प्राप्त गरेकी छिन् ।