धरान । युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । गुरुङको अध्यक्षतामा बनेको ८९ सदस्यीय नयाँ कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिवमा विनोद राना सहसचिवमा निरजमान सिंह बस्नेत, सहसचिवमा शरण फागो निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा दीपेन्द्र तामाङ छन् भने साइबर सर्कल प्रमुखमा सागर पोखरेलले जिम्मेवारी पाएका छन् । महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ ।
अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । युथ फोर्स प्रमुखमा भने राजन बानिया निर्वाचित भएका छन् ।
धरानमा सम्पन्न अधिवेशन बिथोल्न पहिचानवादी प्रयास गरेका थिए । अधिवेशनको उद्घाटन सुभाष नेम्बाङ्ले गरेका थिए । उद्घाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री महेश बस्नेतलगायतले शुभकामना दिएका थिए ।