मोरङ । मोरङको लेटाङ नगरपालिकास्थित लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
विभिन्न १० रोगहरुको स्वास्थ्य परीक्षण गर्दै सम्पन्न शिविरमा लेटाङ नगरपालिकाका ५०० भन्दा बढी नागरिकले स्वास्थ जाँच गराएको संस्थाका अध्यक्ष गोपाल बारकोटीले बताए । विराटनगरको नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा जनरल मेडिसिन, मुटु, प्रसुति, बाल, मानसिक, नसा, हाडजोर्नी, नाक कान घाँटी, आँखा, दन्त रोग विशेषज्ञ डाक्टरहरुबाट परीक्षण तथा केही रोगका औषधिहरु समेत निशुल्क प्रदान गरिएको संस्थाले जनाएको छ।
प्रोबेसन ब्रान्ड प्राप्त सहकारीले सामाजिक क्षेत्रमा रक्तदान, शिविर लगायतका कामहरुलाई निरन्तरता दिइरहेको छ ।