खोटाङमा पुनः देखियो कोरोना, २१ जना संक्रमित फेला

न्युजलय २५ साउन २०७९, बुधबार ०७:१९ मा प्रकाशित

खोटाङ । खोटाङमा पुनः कोरोना संक्रमण देखिन थालेको छ। 

जिल्ला अस्पतालमा ५८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ तथा मंगलबार १४ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई होम आइसोलेसनमा राखिएको छ। कोरोनाको लक्षण देखिन थालेपछि जिल्ला अस्पतालसँगै स्थानीय तहहरूमा पनि कोरोना परीक्षण सुरु गरिएको छ।